कान्तिपुर · २०२६
विकास र सुशासनको अभियानबाट प्रतिनिधि सभासम्म
पूरा लेख पढ्नुहोस् →
प्रतिनिधि सभा सदस्य · धादिङ-२ को परिवर्तनको साझा आवाज
म, बोध नारायण श्रेष्ठ, धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य, विकास, सुशासन र जिम्मेवार राजनीतिप्रति प्रतिबद्ध एक अभियन्ता हुँ। मेरो स्पष्ट विश्वास छ — राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो; नेतृत्व विशेषाधिकारका लागि होइन, सेवा र उत्तरदायित्वका लागि हो; र विकास नाराहोइन, परिणाममा देखिनुपर्छ। यही सोचका साथ म पारदर्शी, उत्तरदायी र परिणाममुखी शासन प्रणाली निर्माणको पक्षमा उभिएको छु।
परिचय
युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) अधिकृतका रूपमा ६ वटा प्रदेशमा काम गर्दा मैले ग्रामीण बस्तीका आधारभूत आवश्यकता र विकास कार्यान्वयनका चुनौतीहरूलाई नजिकबाट बुझेको छु। विकास योजनालाई समुदायको जीवनस्तरसँग प्रत्यक्ष जोड्नु नै मेरो कार्यशैली हो। यसका साथै, सन् २०१५ को विनाशकारी भूकम्प, विभिन्न वर्षका बाढीपहिरो र कोभिड-१९ महामारी जस्ता कठिन विपद्मा प्रभावित समुदायसँगै अग्रपंक्तिमा रहेर राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेको छु। लामो समयको विकास अभ्यास र संकट व्यवस्थापनको अनुभवले मलाई पारदर्शी निर्णय क्षमता र मानवीय संवेदनशीलताको महत्व गहिरोसँग सिकाएको छ।
संघीयता कार्यान्वयनका क्रममा तीनै तहका सरकारसँग समन्वय गरी नीति तथा कानून निर्माणमा संलग्न हुँदा मैले संस्थागत सुदृढीकरणको महत्वलाई नजिकबाट नियाल्ने अवसर पाएँ। नेपाल रेडक्रस सोसाइटीमा नेतृत्वदायी भूमिका, बुढीगण्डकी जलविद्युत् आयोजनामा सामाजिक सल्लाहकार र ज्वालामुखीस्थित बुढीगण्डकी क्याम्पसको संस्थापक अध्यक्षका रूपमा काम गर्दा मेरो व्यवस्थापकीय र समन्वयकारी क्षमता अझ खारिएको छ। विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्दै शैक्षिक विकासमा पुर्याएको योगदान मेरो निरन्तरको सामाजिक प्रतिबद्धता हो। ग्रामीण विकासमा स्नातकोत्तर र राजनीति शास्त्रमा स्नातक तहको अध्ययनले मेरो यही व्यावहारिक अनुभवलाई वैचारिक र नीतिगत रूपमा थप मजबुत बनाएको छ।
“धादिङको माटोले मलाई सङ्घर्ष सिकायो, र यहाँका जनताले मलाई नेतृत्वको जिम्मेवारी सुम्पिनुभयो। अब मेरो एउटै सङ्कल्प छ — यो विश्वासलाई सुशासन र परिणाममुखी विकासमा रूपान्तरण गर्ने।”
— बोध नारायण श्रेष्ठ, प्रतिनिधि सभा सदस्य
हाम्रो दृष्टिकोण र प्रतिबद्धता
यात्रा
२०८२
२०८२ फागुन २१ को चुनावमा धादिङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी।
२०८२
विकासतर्फको यात्रा अब सुरु हुन बाँकी छ।
भिडियोहरू
सिधा कुरासँग अन्तर्वार्ता
हिमेश पन्तसँग पोडकास्ट
सम्पर्क
बोध नारायण श्रेष्ठ (धादिङ-२ का प्रतिनिधि) सँग सम्पर्क गर्न, कृपया फारम भर्नुहोस् वा कार्यालयमा सिधै सम्पर्क गर्नुहोस्।
📍 कार्यालय ठेगाना
धादिङ-२, धादिङ जिल्ला
📧 rsp.bodhnarayan@gmail.com
📞 +९७७ ९८५१११३५१०
यो वेबसाइट अलग तरिकाले अनुभव गर्नुहुन्छ?